भाजपा नेताले भेटे प्रधानमन्त्री देउवा

भाजपा नेताले भेटे प्रधानमन्त्री देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर र भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेविच भेट भएको छ।

आइतबार प्रधानमन्त्री देउवा र चौथाइवालेको भेट भएको हो।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएको बताइएको छ।

प्रधानमन्त्री देउवासँग भएको भेटबारे चौथाइवालेले ट्विट गरेर सार्वजनिक गरेका थिए। काँग्रेस नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतले ट्विटमार्फत दुवै जनाको भेटबारे सार्वजनिक गरेका थिए।

भदौ ६, २०७८ आइतबार २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।