२४ घण्टामा थपिए एक हजार ९२० कोरोना सङ्क्रमित

२४ घण्टामा थपिए एक हजार ९२० कोरोना सङ्क्रमित

काठमाडौँ  : पछिल्लो २४ घण्टामा मुलुक भर  १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ५१६ जनामा गरिएको परीक्षणबाट १ हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यो अवधिमा सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार २४८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्।

सङ्क्रमित मध्ये ६ लाख ९८ हजार १७३ जना सङ्क्रमण मुक्त भएका छन्। कोरोना सङ्क्रमणका कारण हालसम्म १० हजार ५०९ जनाको मृत्यु भएको छ।

भदौ ६, २०७८ आइतबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।