बम राखेर गेस्ट हाउसका सञ्चालकलाई तर्साउने तामाङ पक्राउ
काठमाडौं : भक्तपुरको दिब्येश्वरी गेस्ट हाउसमा होक्स बम राख्ने काभ्रेका नबिन तामाङ पक्राउ परेका छन्।
तेमाल गाउँपालिका वडा नं २ डाडाँगाउ स्थायी घर भएका ३२ वर्षका तामाङलाई प्रेसर कुकरलाई होक्स बम बनाएर गेस्ट हाउसमा राखेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
तामाङले गेस्ट हाउसका सञ्चालक शिबशरण भुजुलाई तर्साउनका लागि होक्स बम बनाएर राखेको खुल्न आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार गेस्ट हाउसमा खाएर बसेको ४० हजार रुपैयाँ पटक पटक मागेकाले तर्साउन होक्स बम राखेको विषयमा थप अनुसन्धान भइरहेको छ।
भदौ ६, २०७८ आइतबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।