मंगलबार १७ चैत, २०८२
सुन भाउ तोलाको ९० हजार ९ सय रुपैयाँ
काठमाडौँ : सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ।
साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन तोलाको९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी तोलामा १५ रुपैयाँले घटेर ११८० रुपैयाँ कायम भएको छ। शुक्रबार १५ रुपैयाँले बढेर चाँदी तोलाको ११९५ रुपैयाँमा कारोबार भएको थियो।
भदौ ६, २०७८ आइतबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।