रक्षा बन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौं : आज रक्षा बन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ। हरेक वर्ष श्रावण शुक्ल पूर्णिका दिन रक्षा बन्धन र जनै पूर्णिमा पर्व मनाइँदै आइएको छ।
आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरी गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन्।
स्नानपछि जौ, तिल र कुश ऋषिहरूलाई तर्पण गरेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ।
रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर, वसन्तपुरमा रहेको अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजन पुगेका छन्। सरकारले यस वर्ष पनि कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन आह्वान गरेको छ।
पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्त्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ।
भदौ ६, २०७८ आइतबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।