प्रदेश १ मा भारी वर्षा हुने सम्भावना
काठमाडौं : देशभरको मौसम सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ।
दिउँसो प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने विभागले अनुमान गरेको छ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ।
भदौ ६, २०७८ आइतबार ०८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।