कम्युनिष्ट नेता मैनालीले भने, भ्रष्टाचारीलाई कारबाही गर्न राजा चाहिएको छ
काठमाडौं : कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले ९९ प्रतिशत कर्मचारी राजनीतिक दलका कार्यकर्ता भएको आरोप लगाएका छन्।
उनले राज्य कोषबाट जीविका चलाउनेलाई संघ संस्था खोल्न दिन नहुने बताए। नयाँ नेपाल निर्माण अभियानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मैनालीले कर्मचारीले सङ्गठन खोलेर राजनीति गर्ने भए राजीनामा दिएर आउनु पर्ने बताए।
‘सबै राजनीतिक दलका कर्मचारी सङ्गठन छन्,’उनले भने,‘माथि पोलिसी लेबलमा खाने कुरा त छदैछ, तल्लो फाइल लेबलमा खाने पनि कर्मचारी युनियनमार्फत गरिएको छ।’
कर्मचारी युनियनको यो गतिविधिलाई नियन्त्रण गर्न राजा चाहिएको उनले जिकिर गरे। भ्रष्टाचारलाई निर्मूल गरेर भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने राजा चाहिएको उनको भनाई थियो।
मैनालीले एमसीसी सम्झौता मुलुकको हितमा नरहेको भन्दै एमसीसी पारित भए मुलुक झन् ठुलो सङ्कटमा जाने पनि बताएका थिए।
भदौ ५, २०७८ शनिबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।