मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुवैको साथ छ : अष्टलक्ष्मी शाक्य 

मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुवैको साथ छ : अष्टलक्ष्मी शाक्य 

नेकपा एमाले रामेछाप काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौँमा गरेको कार्यक्रममा शाक्यले माधव नेपाललाई धोका नदिएको बताइन।

‘म मुख्यमन्त्री हुनुमा दुवै नेताको साथ छ,माधव नेपाललाई धोका दिएको भन्ने गलत हो,’उनले भनिन्,‘म पार्टी एकताकै पक्षमा छु,दुवै नेताको साथ पाएर मुख्यमन्त्री भएकी हुँ।’

उनले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने बित्तिकै एमाले एकजुट भएर अगाडि बढ्ने बताइन।

उनले निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलसँगको सल्लाहमा प्रदेश सरकारलाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाइन।

भदौ ५, २०७८ शनिबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।