२४ घण्टामा थपिए दुई हजार ७५ कोरोना सङ्क्रमित

२४ घण्टामा थपिए दुई हजार ७५ कोरोना सङ्क्रमित

पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ७५ जनामा गरिएको परीक्षणबाट २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ३८२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित मध्ये ६६७ जना काठमाडौँ उपत्यकाका हुन्।

सङ्क्रमित मध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमण मुक्त भएका छन्। कोरोना सङ्क्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भएको छ।

 

भदौ ५, २०७८ शनिबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।