२४ घण्टामा थपिए तीन हजार ४२ कोरोना सङ्क्रमित
काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुक भर ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन विधिबाट १७ हजार ६५४ जनामा गरिएको परीक्षणबाट ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो अवधिमा सङ्क्रमणका कारण २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार २४४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित मध्ये ८९८ जना काठमाडौँ उपत्यकाका हुन्।
हालसम्म नेपालमा ८ लाख २३ हजार ६४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित मध्ये ६ लाख ९३ हजार ५४३ जना सङ्क्रमण मुक्त भएका छन्। कोरोना सङ्क्रमणका कारण हालसम्म १० हजार ४५५ जनाको मृत्यु भएको छ।
भदौ ४, २०७८ शुक्रबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।