अध्यादेशले देश अस्थिरतामा जाने राप्रपा अध्यक्ष राणाको दाबी

अध्यादेशले देश अस्थिरतामा जाने राप्रपा अध्यक्ष राणाको दाबी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेश विधेयकका कारण देश अस्थिरताको भुमरीमा पर्ने बताएका छन्।

राजधानीमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशले देश चलाउँदा मुलुक अस्थिरताको भुमरीमा पर्ने बताएका हुन्।

‘ओली सरकारले पार्टी फुटाउन ४० प्रतिशतको सीमासहित दल विभाजनको विधेयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षले २० प्रतिशतको नयाँ प्रावधान राखेर विधेयक ल्याएको छ, यसले देशमा अस्थिरता आउने निश्चित छ,’ अध्यक्ष राणाले भने।

कार्यक्रममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा राणाले आलोचना गरेका थिए । गत चुनाव बाट ठुला दुई मध्ये कम्युनिस्ट धारको दल तीन टुक्रामा विभाजन भएको उल्लेख गर्दै नेपाली काँग्रेस पनि अबको ४–५ महिनामा शासन सञ्चालन गर्न नसक्ने दलमा परिणत हुने ठोकुवा गरे।

उनले राजसंस्था र हिन्दु राज्यको नारा लिएर राप्रपा स्थापित हुने दाबी गरे। उनले राप्रपा प्रवेश गर्ने सप्तरीका विभिन्न पार्टीका कार्यकर्तालाई स्वागत गरेका थिए।

 

भदौ ४, २०७८ शुक्रबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।