बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त 

बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त 

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संखुवासभाका शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेकी हुन्। उनले सरकारको सिफारिसमा बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँलाई पद मुक्त गरेर शर्मालाई नियुक्त गरेकी हुन्।

प्रदेश प्रमुखमा नियुक्त शर्मा माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीको कोटामा परेका हुन्। यसअघि कांग्रेस कोटामा परेका हरिशंकर मिश्र प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन्। 

भदौ ४, २०७८ शुक्रबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।