नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निवेदन आयोगमा

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निवेदन आयोगमा

काठमाडौँ : नेकपा एमाले फुटाएर नयाँ पार्टी दर्ता गर्न लागेको माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।

नेपाल समूहले शुक्रवार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको हो। उक्त समूहले यस अघि बुधवार नेकपा एमाले समाजवादी नाम राखेर आयोगमा दल दर्ताको लागि निवेदन दर्ता गराएको थियो।

निर्वाचन आयोगले नाम नजुधाउन सुझाव दिएपछि शुक्रवार संशोधित नियमावली अनुसार दल दर्ताको निवेदन लिएर जाने क्रममा नाम परिवर्तन गरेको हो।

निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी नामको दल दर्ताको लागि निवेदन दर्ता भएकाले अब आयोगले प्रक्रिया सुरु गर्ने आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए।  

 

भदौ ४, २०७८ शुक्रबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।