कञ्चनपुरमा शिक्षक र  प्रहरीबीच झडप

कञ्चनपुरमा शिक्षक र  प्रहरीबीच झडप

धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेस निकट शिक्षक र प्रहरीबीच झडप हुँदा  १५ जना  घाइते भएका छन्।

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक सङ्घले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए।

भदौ ४, २०७८ शुक्रबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।