एमाले उपाध्यक्ष गौतम नेपालको पार्टीमा  

एमाले उपाध्यक्ष गौतम नेपालको पार्टीमा  

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले केपी ओलीलाई छोड्ने निर्णय गरेका छन्।

उनले माधवकुमार नेपालको नेकपा समाजवादीमा जाने निर्णय गरेका छन्।

आफू निकट सदस्यहरूको भर्चुअल बैठक राखेर गौतमले माधव नेपालको नयाँ दलमा जाने निर्णय गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम पछिल्लो पटक एमाले ओली पक्षले राखेको बैठकमा सहभागी भएका थिए।

बैठकमा ओलीबाट अपमान भएको भन्दै बाहिरिएका गौतमले बिहीबार मात्रै नेकपा समाजवादीमा जाने निर्णय गरेका हुन्।  

भदौ ४, २०७८ शुक्रबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।