देशभरको मौसम बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना 

देशभरको मौसम बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना 

विभागका अनुसार प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

विभागले मौसम बुलेटिन निकालेर प्रदेश नं १, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। 

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

दिउँसो प्रदेश नं १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ।

विभागका अनुसार राति प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

भदौ ४, २०७८ शुक्रबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।