एमालेमा जन्मियो तेस्रो समूह: ओली-नेपाललाई मिल्न दबाब दिने रणनीति

एमालेमा जन्मियो तेस्रो समूह: ओली-नेपाललाई मिल्न दबाब दिने रणनीति

एमाले अध्यक्ष केपी ओलीको विपक्षमा उभिए पनि नयाँ पार्टी खोल्ने नेपालको अभियानमा साथ नदिएका नौ नेता एकै थलोमा उभिएर ओली र नेपाल दुबैपक्षलाई दबाब दिने रणनीति लिएका छन्।
उनीहरूले अझै पार्टी एकता जोगाउने प्रयास गर्ने भन्दै १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई र नयाँ दल दर्ता नगर्न नेपाललाई दबाब दिने रणनीति लिएका छन्।
उनीहरूले विज्ञप्ति नै निकालेर नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीसँग आग्रह गरेका छन्। उनीहरूले
अध्यादेशपछि विभाजित पार्टीको एकताका लागि सम्भव सबै उपायको खोजी गर्ने भन्दै पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न र पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै पार्टी दर्ता प्रक्रियाबाट अलग हुन नेपाललाई आग्रह गरेका छन्।
विज्ञप्तिमा भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्तले हस्ताक्षर गरेका छन्।
१० बुँदे सहमतिको सिफारिसलाई नेताहरूले ग्रहण गर्न र समझदारीपूर्वक लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भएको भन्दै उनीहरूले दल विभाजनसम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । 
अध्यादेशले नेपालको राजनीतिमा फेरि पनि अस्थिरता निम्त्याउने र यसबाट राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाधीनता, हित, स्वाभिमान र समृद्धिका लागि गरिने सम्पूर्ण कदमहरूमा धक्का लाग्न सक्ने।उनीहरूले उल्लेख गरेका छन्।

भदौ ४, २०७८ शुक्रबार ००:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।