गाँजा, ब्राउन सुगर, प्रमाडोल र स्पास्पेन सहित ९ जना पक्राउ
बा.५ ख ६०८८ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट ३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो।
साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ चारपानेबाट ४ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ बस्ने देवी तामाङ र सोही नगरपालिका-५ बस्ने २१ वर्षीया सिता खतिवडा रहेको प्रहरीले जनाएको छ।
यस्तै मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोकबाट नियन्त्रित लागूऔषध ७ सय पिस प्रमाडोल र ७ सय पिस स्पास्पेन सहित ३ जानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका-४ का २९ वर्षीय बिशाल राई रहेका छन्।
प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झापाली होटलमा बसेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
भदौ २, २०७८ बुधबार १५:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।