राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी 

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेर जारी गरेकी हुन्।

अध्यादेशमा केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा चालिस प्रतिशत सदस्यले भन्ने शब्दहरूको सट्टा ‘महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको केन्द्रीय समितिको कम्तीमा बिस प्रतिशत सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको कम्तीमा बिस प्रतिशत सदस्यले एकै पटक’ भन्ने शब्दहरू राखिएका छन्।

अध्यादेश जारी भएसँगै नेकपा एमाले माधवकुमार नेपाल समूह छलफल जुटेको छ। 

भदौ २, २०७८ बुधबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।