अध्यादेश फिर्ता लिन सरकारलाई विवेकशीलको आग्रह
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि विवेकशील पार्टीले अध्यादेशले संसदीय व्यवस्थामा अस्थिरता निम्त्याउने उल्लेख गरेको छ।
विवेकशील पार्टीले अन्य दलका आन्तरिक गतिविधिमा खेल्ने दूषित मनसायले अध्यादेश ल्याएको आरोप लगाएको छ। उसले तत्काल अध्यादेश फिर्ता लिन माग गरेको छ।
अघिल्लो दिन संसद् अधिवेशन अन्त्य गरी भोलिपल्ट अध्यादेश सिफारिस गर्नु सर्वोच्च अदालतको फैसलाको पनि प्रतिकूल हुने विवेकशीलले निकालेको विज्ञप्तिमा लेखिएको छ।
‘यस अध्यादेशले राजनीतिक अस्थिरता निम्त्याउने कदम जनमत विरुद्ध छ,’विज्ञप्तिमा लेखिएको छ।
भदौ २, २०७८ बुधबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।