राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश नरोक्ने

राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश नरोक्ने

राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश स्वीकृत गरेर जारी गर्ने राष्ट्रपति भण्डारीका संचार सल्लाहकार टिका ढकालले जानकारी दिए। 

संविधान अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस भएको अध्यादेश रोक्ने कुरा नहुने उनले बताए। ‘अध्यादेश स्वीकृत गरेर आजै जारी हुन्छ,’ ढकालले उकेरासँग भने,‘जारी नहुने भन्ने कुरा छैन।’

कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार अध्यादेश स्वीकृत गराउन राष्ट्रपति कार्यालयमा दर्ता गराएका थिए। अध्यादेशमा संशोधन गरेर संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत मात्रै संख्या पुर्याउन सके पनि दल फुटाउन पाइने व्यवस्था गरिएको छ। 

संसद् अधिवेशन अन्त्य गरेर हतार हतार अध्यादेश जारी गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। सर्वोच्च अदालतले जेठ २७ गते पूर्ववर्ती सरकारले संसद् छलेर जारी गरेको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको थियो।

भदौ २, २०७८ बुधबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।