दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय 

दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय 

काठमाडौँ : नेकपा एमालेले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ।

एमाले स्थायी कमिटी बैठकले संसद् अधिवेशन आकस्मिक रूपमा अन्त्य गरेर दल विभाजन गर्ने अध्यादेश ल्याउने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।

सरकारले लोकतान्त्रिक प्रणाली भित्र चरम विकृति भित्र्याउने कामको एमालेले सशक्त विरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको दाबी समेत ज्ञवालीले गरेका छन्। उनले अध्यादेश ल्याए शान्तिपूर्ण र जनपरिचालनबाट विरोध गर्ने बताए।

एमालेले अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने विषयमा सरकार किंकर्तव्यविमूढ बनेको आरोप पनि लगाएको छ। 

भदौ १, २०७८ मंगलबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।