२ नम्बर प्रदेशको प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेश प्रमुखमा महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिश्र प्रदेश नं.२ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी छन्। झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
भदौ १, २०७८ मंगलबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।