मनमैंजुमा तास खेलिरहेका ५ जना पक्राउ 

मनमैंजुमा तास खेलिरहेका ५ जना पक्राउ 

काठमाडौं : काठमाडौँको मनमैंजुमा तास खेलिरहेका ५ जना पक्राउ परेका छन्।

मनकुमार छन्त्यालको टहरोमा तास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ५ जनालाई पक्राउ गरेको जनाएको छ। 

गए राती पक्राउ परेका उनीहरूको साथबाट ३ बुक तास र ९ हजार १६० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरी वृत्त बालाजुमा राखिएको छ।

भदौ १, २०७८ मंगलबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।