एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बिहान ११ बजे बस्दैछ।
सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आरोप लगाएको एमालेले पार्टी भित्रको विवादबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो।
स्थायी कमिटी बैठकपछि दिउँसो २ बजे पार्टी संसदीय दलको बैठक बस्ने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। ‘संसद् अधिवेशन अन्त्य भएपछि दलको बैठक बस्ने विधानमा व्यवस्था छ,’नेम्वाङले भने,‘अधिवेशन अन्त्यका विषयमा बैठकमा छलफल हुन्छ।’
सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापना भएको संसद् सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी छन्। संसद् अधिवेशन अन्त्यपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा स्थायी कमिटीको बैठक राखेर पार्टी विभाजन विरुद्ध उभिन आग्रह गर्दै पाँच बुँदे विज्ञप्ति निकालेका छन्।
उनले पार्टी एकताका लागि भएका प्रयासहरू उल्लेख गर्दै आफ्ना सांसदहरूलाई पार्टी विभाजन विरुद्ध उभिन आग्रह गरेका छन्।
भदौ १, २०७८ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।