मध्यरात ओलीको पाँच बुदे विज्ञप्ति, पार्टी विभाजन क्षम्य नहुने चेतावनी
काठमाडौँ : आफ्नै निवासमा स्थायी कमिटीको बैठक राखेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरात पार्टी विभाजन विरुद्ध उभिन आग्रह गर्दै पाँच बुदे विज्ञप्ति निकालेका छन्।
अकस्मात् राती बैठक राखेका उनले सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गरेको भन्दै एमालेको संसदीय दल या पार्टी विभाजनको प्रयास स्विकार्य नहुने उल्लेख गरेका छन्।
उनले पार्टी एकताका लागि भएका प्रयासहरू उल्लेख गर्दै आफ्ना सांसदहरूलाई पार्टी विभाजन विरुद्ध उभिन आग्रह गरेका छन्। उनले विज्ञप्तिमा एमाले पार्टी वा संसदीय दल विभाजनको प्रयास मान्य र क्षम्य हुन नसक्ने उल्लेख गरेका छन्।
साउन ३२, २०७८ सोमबार २३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।