ओली निवासमा अकस्मात् एमाले स्थायी बैठक

ओली निवासमा अकस्मात् एमाले स्थायी  बैठक

काठमाडौँ : सरकारले संसद् बैठक अन्त्य गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा अकस्मात् स्थायी कमिटी बैठक बोलाएका छन्।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन अन्त्य गराएको निष्कर्ष निकाल्दै रणनीति बनाउन बैठक राखेको देखिन्छ। माधव नेपाल समूहलाई एमाले विभाजन गराउन अध्यादेशले मात्र सहज हुनसक्छ।
ओली समूह र माधव समूहबिच पार्टी एकताका लागि प्रयास भए पनि सफल हुन सकेको छैन। 

साउन ३२, २०७८ सोमबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।