महन्थले पाएनन् अन्तरिम आदेश
काठमाडौँ : जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्द मोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
'दलको आधिकारिताबारे निर्वाचन आयोगबाट यही २०७८/४/११ मा निर्णय गरेको देखियो। सो निर्णय कानुन बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन' आदेशमा छ।
पार्टी आधिकारिकताको विषयमा आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो।
साउन ३२, २०७८ सोमबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।