सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ : सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गरेको छ।

 

सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको सांसदका दुवै सदनको चालु बैठक सोमबार राति १२ बजेबाट अन्त्य हुने ब्यहोराको पत्र पढेर सुनाएसँगै अधिवेशन अन्त्य भएको हो।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८I४I३२को निर्णय अनुसार सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०७८/४/३२ गते राति १२ बजेबाट अन्त्य गरेको छु’, राष्ट्रपतिको पत्रमा उल्लेख थियो।

राष्ट्रपति पत्र वाचन गर्नुअघि सापकोटाले चालु अधिवेशनमा भए गरेका कामको विवरण संसद्मा सुनाएका थिए। राष्ट्रपति पत्र वाचन गरेपछि चालु अधिवेशन स्वतः स्थगित भएको सभामुख सापकोटाले बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघठन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको आदेशले पुनर्स्थापित भएपछि गत साउन ३ गतेबाट संसद्को अधिवेशन चालु थियो। यही अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए।

साउन ३२, २०७८ सोमबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।