अफगानिस्तानमा रहेका नेपालीलाई छिटो स्वदेश ल्याउन सरकारलाई संसदको निर्देशन
काठमाडौँ : अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सभामुख अग्नि सापकोटाले सरकारलाई रुलिङ गरेका छन्।
सभामुख सापकोटाले त्यहाँ रहेका नेपालीलाई सकुशल रहने व्यवस्था गर्न, यथाशीघ्र स्वदेश ल्याउने प्रबन्ध मिलाउन र यथार्थ विवरण आगामी बैठकमा पेस गर्न सरकारलाई निर्देश गरेका हुन्।
नेकपा एमालेमा सांसद गोकुल बास्कोटाले समय लिएर अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका थिए।
उनले प्रतिबद्धताले मात्रै नपुग्ने भन्दै यथाशीघ्र अलपत्र नागरिकलाई स्वदेश ल्याउन माग गरेका थिए।
सभामुख सापकोटाले अफगानिस्तान घटनाका कारण त्यहाँ रहेका नेपालीको सम्बन्धमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूलाई सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न सरकारलाई रुलिङ गरेका हुन्।
साउन ३२, २०७८ सोमबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।