प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन, हरिशंकर मिश्रलाई नियुक्ति गर्ने निर्णय
काठमाडौँ : सरकारले २ नम्बर प्रदेशको प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश प्रमुख परिवर्तन गरेर मिश्रलाई नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले उकेरालाई जानकारी दिए।
प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झालाई परिवर्तन गरेर मिश्रलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
मिश्र २०१६ सालमा बिपी कोइरालाको मन्त्रिमण्डलमा उद्योग मन्त्री रहेको राम नारायण मिश्रका छोरा हुन्।
उनी २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरीबाट निर्वाचित भएका थिए।
यस्तै सरकारले अफगानिस्तानमा रहेको अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन पहल गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद् बैठकले १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणका लागि बन क्षेत्रको जग्गा अधिकरण गर्ने निर्णय गरेको छ।
साउन ३२, २०७८ सोमबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।