रेल्वे विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै 

रेल्वे विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै 

काठमाडौं : प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।

बैठकमा सङ्घीय संसदमा सचिव गोपालनाथ योगीले रेल्वे विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ। 

राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक टेबुल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ पुस १८ गते दर्ता गरेको रेल्वे विधेयक पुस २४ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो।   

यस्तै बैठकमा प्रत्यायन विधेयक २०७६ पनि टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

साउन ३२, २०७८ सोमबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।