गजुरीमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ८ जना घाइते
काठमाडौं : धादिङको गजुरीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गको गजुरी गल्छी सडक खण्डमा भारतीय नम्बर प्लेटको ट्रकसँग बस ठोक्किँदा २८ वर्षकी रेणुका कुलुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा ३ ख ४०१४ बस टिएन ५२ के ३३९८ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। सोलुखुम्बु घर भएर काठमाडौं आरुवारि बस्ने कुलुङको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
राति २ बजे भएको दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
साउन ३२, २०७८ सोमबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।