अफगानिस्तानमा युद्ध सकियो : तालिबान प्रवक्ता 

अफगानिस्तानमा युद्ध सकियो : तालिबान प्रवक्ता 

एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकुले राष्ट्रपति भवन कब्जामा लिएसँगै विजय हासिल गरेको दाबी गरेका छन्।

तालिबानले अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएका छन्।  

विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबान विद्रोही समूहले काबुललाई आफ्नो नियन्त्रण कायम गर्न सफल भएको बीबीसीले जनाएको छ।

राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन्। तालिबानका प्रवक्ताले अफगानिस्तानमा युद्ध सकिएको अल जजिरालाई बताएका छन्।

तालिबान प्रवक्ताले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको पनि बताएका छन्। 

बीबीसीका अनुसार देश छाडेर उज्बेकिस्तानतर्फ गएका राष्ट्रपति अशरफ घानीले विद्रोहीहरूले बलपूर्वक जितेको बताएका छन्। अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको घानीले बताए।

साउन ३२, २०७८ सोमबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।