देशभरको मौसम बदली, केही ठाउँमा हल्का वर्षा 

देशभरको मौसम बदली, केही ठाउँमा हल्का वर्षा 

काठमाडौं : देशभरको मौसम सामान्य देखी पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अहिले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज सोमबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

विभागले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

साउन ३२, २०७८ सोमबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।