तालिवानी लडाकु काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपतिले देश छाडे
एजेन्सी : तालिवानी लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। रोयटर्सका अनुसार घानी काबुलबाट ताजकिस्तानतर्फ लागेका छन्।
अफगानी राष्ट्रपति घानीले केही दिनअघि तालिवानलाई सत्ता साझेदारी गर्न प्रस्ताव गरेका थिए। घानीको प्रस्तावलाई तालिवानले अस्वीकार गरेको थियो।
अमेरिकी सेनाले अफगानिस्तान छोड्ने तयारी गरेपछि तालिवानले अफगानिस्तानका अधिकांश सहरमा पकड जमाउँदै गएको छ।
तालिवानले अन्य सहरसँगै काबुल पनि घेराबन्दीमा पारेको छ।
साउन ३१, २०७८ आइतबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।