पिठ्यूँ फर्काएर भाग्ने होइन : वरिष्ठ नेता नेपाल

पिठ्यूँ फर्काएर भाग्ने होइन : वरिष्ठ नेता नेपाल

काठमाडौँमा भएको कार्यक्रममा नेता नेपालले अंहकार, व्यक्तिवाद र स्वार्थ हाबी भएका कारण पार्टीमा विकृति विसङ्गति देखा परेको बताएका हुन्। 

‘यी समस्याको मुनी छिर्ने कि, समस्याको समाधान गर्ने, प्रश्न त्यहाँ छ,’नेता नेपालले भने,‘त्यो प्रवृत्तिलाई सहयोग गर्ने कुनै पनि काम गरिँदैन। त्यसका विरुद्ध जुधिन्छ।’

उनले बामदेव गौतम जस्तो अपमानित भएर भाग्नु पर्ने अवस्था बन्यो भने न रुन न हाँस्न सकिने बताए। उनले केपी ओलीको नाम नदिई पार्टीमा अवसरवाद हाबी भएको बताए।

‘अन्तिम समयमा असहज भनेको बाध्यता हुन्छ। दुख र चुनौती चाहना होइन। पिठ्यूँ फर्काएर भाग्ने होइन,’नेता नेपालले भने,‘पार्टीमा व्यक्तिवाद हाबी भयो।’

साउन ३०, २०७८ शनिबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।