अस्पतालबाट डिस्चार्ज बिरामीका लागि डे केयर सेवा
पोखरा : अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले पोखरामा फेवा केयर होम प्रालि स्थापना गरिएको छ।
विशेषज्ञ चिकित्सक, फिजियोथेरापिस्ट एवं स्वास्थ्य व्यवसायी लगायतको संयुक्त पहलमा केयर होम स्थापना गरिएको हो।
अस्पताल डिस्चार्जपछिका बिरामीलाई घरमा हेरचाहको लागि समस्या र जोखिम छ भने यस सेन्टरमा राख्ने गरिन्छ। साथै टाढाबाट उपचारका लागि पोखरा आउने बिरामीलाई उपचारपश्चात फलोअपमा अस्पताल गइराख्नुपर्ने समय र जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा प्रबन्ध गर्न समेत यस संस्थालाई अगाडि बढाइएको प्रालिले जानकारी दिएको छ।
विशेषगरी अक्सिजन दिइराख्नुपर्ने, ट्रयाकेस्टोमी, बेड शोर, सेरिब्रलपालेसी, नियमित फिजियोथेरापि चाहिने बिरामीले सेन्टरमा सेवा लिन सक्नेछन्।
यी सेवाहरु घरमै दिँदा बिरामीलाई ठूलो आर्थिक भार पर्ने, जोखिम हुने, बिरामीका आफन्तलाई डर तथा सास्ती हुने हुदाँ आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि केयर होम उपयोगी हुने संस्थाका मेडिकल डाइरेक्टर सुदीप रेग्मीले बताए।
साउन ३०, २०७८ शनिबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।