भरतपुर विमानस्थलमा लागेको आगो १० मिनेटमै निभाइयो

भरतपुर विमानस्थलमा लागेको आगो १० मिनेटमै निभाइयो

काठमाडौँ : चितवनको भरतपुर विमानस्थलको विशिष्ट कक्षमा लागेको आगो १० मिनेटमै निभाइएको छ।

बिहान पौने ७ बजे विद्युत् चुहावट भएर लागेको आगो १० मिनेटमै निभाइएको विमानस्थल प्रहरीले जनाएको छ।

आगोले विशिष्ट कक्षका सोफा, कार्पेट, टेबुल, पर्दा लगायतका सामग्री काम नलाग्ने गरी जलेका छन्।

आगलागी हुँदा विमानस्थलमा एक घण्टा उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ। 

साउन ३०, २०७८ शनिबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।