प्रचण्डको राजनीतिक प्रतिवेदन : बाम सहकार्यको प्रस्ताव 

प्रचण्डको राजनीतिक प्रतिवेदन : बाम सहकार्यको प्रस्ताव 

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज शनिबारदेखि सुरु हुँदैछ। बैठकमा बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनबिरोधी सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेको विसर्जनवादी प्रवृत्ति विरुद्धको सङ्घर्षलाई दृढतापूर्वक अघि बढाउने उल्लेख गरेको श्रेष्ठले बताए। 

उनका अनुसार प्रतिगमनकारी कदम असफल भए पनि प्रतिगमन प्रति सजक रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति बाम सहकार्यलाई अगाडी बढाउने पनि प्रस्तावमा उल्लेख गरिएको छ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि बिहान साढे १० बजे स्थायी कमिटी बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।

साउन ३०, २०७८ शनिबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।