ओलीको स्वास्थ्यलाई लिएर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ओलीको स्वास्थ्यलाई लिएर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौँ : प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको बैठकमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन्। 

सांसद यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबारको बैठकको विशेष समयमा मेन्टल्ली, फिजीकल्ली फिट नभएको अभिव्यक्ति दिएका थिए। यादवको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति संसदीय मूल्य मान्यता विपरीत भएको भन्दै हटाउन माग गरेका थिए।

सभामुख सापकोटाले यादवले विशेष समयमा बोलेका ‘मेन्टली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकुल हुने देखिएकोले हटाउन सचिवालयलाई निर्देश गरेका हुन्। 

साउन २९, २०७८ शुक्रबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।