मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी
बैङ्कले तयार गरेको मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसिरहेको राष्ट्र बैङ्कका सह प्रवक्ता नारायण पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार सञ्चालक समितिले पारित गर्ने मौद्रिक नीति दिउँसो ४ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गरिनेछ।
‘अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ,’पोखरेलले उकेरासँग भने,‘गभर्नर महाप्रसाद अधिकारीले दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।’
साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैङ्कले सरकार परिवर्तन भएपछि रोकेको थियो। अर्थ मन्त्रालयसँगको परामर्शमा बैङ्कले आज मौद्रिक नीति जारी गर्न लागेको हो।
साउन २९, २०७८ शुक्रबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।