प्रहरीलाई घुस दिने टिपर चालक पक्राउ

प्रहरीलाई घुस दिने टिपर चालक पक्राउ

जगातीमा रहेको प्रहरी चेक प्वाइन्टमा टिपरको कागजातभित्र ५० रुपैयाँ राखेर घुस दिने चालक पक्राउ परेका प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार प्रदेश नम्बर ३-०१-००६ ख १९९२ नम्बरको टिपरका चालक राजन तामाङले गाडीको कागजातभित्र ५० रुपैयाँ राखेर दिएकाले पक्राउ गरिएको हो।

टिपर र चालकलाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २९, २०७८ शुक्रबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।