पुल हाउसमा तास खेल्ने १० जना पक्राउ 

पुल हाउसमा तास खेल्ने १० जना पक्राउ 

सुजित देउलाले सञ्चालन गरेको पुल हाउसमा तास खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद १ लाख ८९ हजार ८५० रुपैयाँ र एक बुक तास बरामद भएको छ। पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

साउन २९, २०७८ शुक्रबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।