कर्णाली बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना
विभागका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्य देखि पूर्ण बदली रहने विभागको अनुमान छ।
प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार राती प्रदेश नं १, २, बागमती प्रदेशमा थोरै स्थानमा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ। उसले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।
साउन २९, २०७८ शुक्रबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।