हतियारसहित दुई जना पक्राउ
सोमबार राति इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका-२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जिप चेकजाँच गर्ने क्रममा हात-हतियार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार हातहतियार फेला परेपछि चालक शाहसहित जिपमा सवार कैलारी गाँउपालिका-९ का ५३ वर्षीय खेमराज चौधरीलाई पक्राउ गरिएको हो।
जिप चालक शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान र जिपमा सवार चौधरीको साथबाट पोइन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरिएको उनले बताए।
प्रारम्भिक अनुसन्धानको क्रममा १२ बोर एक थान, कार्टिज एक थान खेम राज चौधरीको र पोइन्ट टु टु एक थान, गोली १० राउण्ड मोहित कुमार शाहको भन्ने खुल्न आएको हुँदा दुवै जनालाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
साउन २६, २०७८ मंगलबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।