कक्षपतिको निधनप्रति होटल संघद्वारा दुःख व्यक्त

कक्षपतिको निधनप्रति होटल संघद्वारा दुःख व्यक्त

होटल संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका कक्षापतिको ६९ वर्षको उमेरमा यही साउन २५ गते थाइल्याण्डस्थित वमरुनगार्ड अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् २०१२ देखि सन् २०१४ सम्म संघको नेतृत्व गरेका कक्षपति प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित थिए।

शिक्षा क्षेत्रमा पनि योगदान गरेका कक्षपतिले काठमाडौं लगायत उपत्यका बाहिर रेस्टुरेन्ट विस्तार गर्दै पर्यटन प्रवर्धनमा योगदान पुर्याएका थिए। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्जाल विस्तार गर्न पनि उल्लेख्य भूमिका निर्वाह गरेको संघको विज्ञप्तिमा उल्लेख छ।

साउन २६, २०७८ मंगलबार १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।