माधव नेपाल समूहलाई ब्यङग्य गर्दै ओलीले भने' फ्याँफ्याँ गर्दै हिँडेकालाई मन्त्री बनाइदिनुस् न प्लिज
सरकारमा सहभागी दलहरूको न्यूनतम कार्यक्रमबारे टिप्पणी गर्नेक्रममा उनले आलोचना र ब्यङग्य गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका अन्य दललाई उडाउँदै उनले' बाँडिचुँडी खान गठबन्धन बनेको' भन्दै आलोचना गरेका थिए।
उनले भने' मन्त्री खानका लागि हिरिक्क हिरिक्क गरेकालाई मन्त्री दिनुस् न प्लिज। स्याँस्याँ र फ्याँफ्याँ गरेर हिँडेका छन्। चाकरीमा हिँडेका छन् मन्त्री दिनुस् प्लिज। मेरो दलमा अलिकति घाटा भए पनि सहुँला।'
उनले न्यूनतम कार्यक्रममा प्रतिगमन शब्द उल्लेख गरेकोमा आक्रोश व्यक्त गर्दै प्रतिगमन कहाँबाट आयो भन्दै प्रतिगमन त २०६१ मा आएको भन्दै देउवालाई ब्यङग्य गरेका थिए। संसद् विघटन गर्ने आफ्नो सरकारको निर्णयबारे सर्वोच्च अदालतबाट आएको फैसलाबारे भने' अदालतले भन्दैमा हुन्छ। एउटा बेन्चले दोषी भन्छ। अर्कोले निर्दोष भन्छ। एक पटक फैसला गर्यो भन्दैमा गलत कुरा पनि मान्नु पर्दैन। सर्वोच्चको फैसला स्वीकार गर्न सकिने खालको छैन।'
उनले राजनीतिक पूर्वाग्रह र अहङ्कारले देशलाई द्धन्दमा लैजाने र न्यूनतम कार्यक्रममा त्यही मनसायले राखेको भन्दै सरकार अलोकतान्त्रिक विधिबाट आएको दाबी गरे।
उनले भने'यो सरकार लोकतान्त्रिक र संवैधानिक भन्न सकिँदैन। यो सरकार सर्वसत्तावादी बन्न आएको हो। पहिल्यै भूमिहीनमाथि आक्रमण गर्यो। यो सरकार सङ्घर्षको मैदानबाट ल्याएको हो ? परमादेशबाट ल्याउने। परमादेश सङ्घर्ष हो ?'
साउन २६, २०७८ मंगलबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।