ट्राफिक प्रहरीको अभियान- तपाईंको मास्क खै ?
ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘तपाईंको मास्क खै?’ लेखिएको रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका छन्।
उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीलाई आजैबाट ड्युटीको समयमा अनिवा उक्त रिबन प्रयोगमा ल्याउन सुरु गरिएको महाशाखाले जनाएको छ ।
कार्यक्रममा एसएसपी भट्टराईले यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधारणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरा स्मरण गराउने र मास्कको प्रयोग नगरेकालाई लगाउन प्रेरित गर्ने बताए।
साउन २६, २०७८ मंगलबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।