काठमाडौँमा भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थप
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
यस्तै काठमाडौँ उपत्यकामा भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ।
थप भएको निषेधाज्ञामा स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।
तर, सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ।
साउन २६, २०७८ मंगलबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।